नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैरेले नक्कली शरणार्थीसम्बन्धी जघन्य अपराधको अनुसन्धानबारे सरकारको जवाफ माग गरेका हुन् ।
उनले सरकारको जवाफ आएपछि मात्र सदनको कारवाही अगाडि बढाउन सभामुखको ध्यानाकर्षणसमेत गराए । ‘प्रतिनिधि सभाको २६ र २७ गतेको बैठकमा भुटानी शरणार्थीबारे सदनमा बुलन्द आवाज उठेको थियो । २७ गते सभामुखले रुलिङ पनि गर्नुभएको थियो’ गैरेले भने, ‘भ्रष्टाचारविरुद्ध सिंगो देश आन्दोलित छ । जघन्य अपराधको विषयमा सरकारले किन सदनलाई भन्न सकेको छैन ?’
एमालेले संस्थागत निर्णय गरेर दोषीलाई कारवाही गर्न माग गरेको स्मरण गराउँदै जघन्य अपराधको निश्पक्ष छानबिन गर्न माग गरे ।
Breaking News
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न

