काठमाडौँ । काठमाडौँको मैतीदेवी मन्दिर दशैंको आगमनसँगै झिलिमिली बत्तीहरूद्वारा सजाइएको छ । मन्दिर र त्यस क्षेत्रलाई झकिझकाउ बनाइएको छ ।
बत्तीहरूद्वारा सिँगारिएको मन्दिरको साँझपखको दृश्य निकै मनमोहक देखिएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइन्छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।
नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
हेर्नुहोस् तस्बिरहरू :












