प्यालेस्टानी हमास समूहको आक्रमणमा मारिएका ५ नेपालीको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको छ।
इजरायलको तेल, अबिबस्थित नेपाली दूतावासले त्यहाँ मारिएका १० मध्ये नेपालीको शव प्राप्त भएको आइतबार साँझ जानकारी दिएको छ।
इजरायलले नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज बिष्ट र आशिश चौधरीको शव सबै प्रक्रिया पूरा गरेर बुझाएको हो।
अन्य शव प्राप्त हुने क्रममा रहेको र सबै शव नेपाल पठाउनका लागि समन्वय गरिरहेको दूतावासले जनाएको छ।
यस्तै त्यहाँ बेपत्ता विपिन जोशीको खोजि कार्य पनि जारी रहेको बताएको छ। आक्रमणमा परी चार जना घाइते भएकामा एक जनालाई नेपाल फर्काइएको छ। एक जना त्यहाँस्थित दूतावासमा रहेको र दुई जना अस्पतालमा उपचाररत छन्।
हमलापछि २५३ जना नेपालीलाई भने श्वदेश फर्काइएको छ।

