चितवन , भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगरमा रहेको युवा मञ्च सामाजिक संस्था , चितवनको प्रथम साधारणसभा आज शनिबार सम्पन्न भएको छ । जसको कोहि हुदैन उसको लागि हामी भन्ने भावनाले सामाजिक कामका लागि संचालनमा रहेको संस्थाको बिबिध कार्यक्रम गरि प्रथम साधारणसभा सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी योगि नरहरी नाथ आध्यात्म बिज्ञान गिता पाठशालाका प्राचार्य योगि खेचरनाथाज्यु रहनु भएको थियो । त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथिहरुमा नेपाली हर्ट ग्रुपका केन्द्रिय अध्यक्ष डिल्लिराज पराजुली , काठमाडौका अध्यक्ष कृष्ण केशी ,हाम्रो जन्मभूमि संस्थाका उपाध्यक्ष नारायण राजा र अतिथिहरुमा नेपाली हर्ट ग्रुपका केन्द्रिय महासचिव एल बि थापा ,केन्द्रिय उपाध्यक्ष गोबिन्द थापा, रामजानकी बालिका आश्रमकि अध्यक्ष सावित्री टण्डन लगायत रहनु भएको थियो । साधारणसभामा संस्थाले हाल सम्म सामाजिक क्रियाकलाप अन्तरगत करिव एक सय बटा सहयोग अभियान संचालन गरेको र संस्थाको हाल सम्मको आन्दानी तथा खर्च विवरण पेश गरिएको थियो । विभिन्न सास्कृतिक कार्यक्रम साथ सम्पन्न भएको साधारण सभामा संस्थापक सदस्य , आजिवन सदस्य लगायत लाई प्रमाणपत्र बितरण गर्नुका साथै संस्था लाई अतुलनिय योगदान गर्ने विभिन्न ब्यक्तित्वहरु लाई कदर तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो । साथै साधारणसभाले आज नै रिक्त रहेको केही पदमा पदपूर्ति गरिएको संस्थाका सचिव शुभद्रा काफ्लेले बताउनु भयो । संस्थाका अध्यक्ष तुलसी प्रसाद भट्ट सभापति रहनु भएको कार्यक्रम वरिष्ठ सल्लाहकार कृष्ण पुरीले संचालन गर्नु भएको थियो ।
Breaking News
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
- यस्तो बन्यो ‘टिम पोखरेल’
- यस्तो बन्यो ‘टीम ओली’

