चितवन , भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगरमा रहेको युवा मञ्च सामाजिक संस्था , चितवनको प्रथम साधारणसभा आज शनिबार सम्पन्न भएको छ । जसको कोहि हुदैन उसको लागि हामी भन्ने भावनाले सामाजिक कामका लागि संचालनमा रहेको संस्थाको बिबिध कार्यक्रम गरि प्रथम साधारणसभा सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी योगि नरहरी नाथ आध्यात्म बिज्ञान गिता पाठशालाका प्राचार्य योगि खेचरनाथाज्यु रहनु भएको थियो । त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथिहरुमा नेपाली हर्ट ग्रुपका केन्द्रिय अध्यक्ष डिल्लिराज पराजुली , काठमाडौका अध्यक्ष कृष्ण केशी ,हाम्रो जन्मभूमि संस्थाका उपाध्यक्ष नारायण राजा र अतिथिहरुमा नेपाली हर्ट ग्रुपका केन्द्रिय महासचिव एल बि थापा ,केन्द्रिय उपाध्यक्ष गोबिन्द थापा, रामजानकी बालिका आश्रमकि अध्यक्ष सावित्री टण्डन लगायत रहनु भएको थियो । साधारणसभामा संस्थाले हाल सम्म सामाजिक क्रियाकलाप अन्तरगत करिव एक सय बटा सहयोग अभियान संचालन गरेको र संस्थाको हाल सम्मको आन्दानी तथा खर्च विवरण पेश गरिएको थियो । विभिन्न सास्कृतिक कार्यक्रम साथ सम्पन्न भएको साधारण सभामा संस्थापक सदस्य , आजिवन सदस्य लगायत लाई प्रमाणपत्र बितरण गर्नुका साथै संस्था लाई अतुलनिय योगदान गर्ने विभिन्न ब्यक्तित्वहरु लाई कदर तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो । साथै साधारणसभाले आज नै रिक्त रहेको केही पदमा पदपूर्ति गरिएको संस्थाका सचिव शुभद्रा काफ्लेले बताउनु भयो । संस्थाका अध्यक्ष तुलसी प्रसाद भट्ट सभापति रहनु भएको कार्यक्रम वरिष्ठ सल्लाहकार कृष्ण पुरीले संचालन गर्नु भएको थियो ।
Breaking News
- शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
- फेसबुकमार्फत चम्किएको डब्लुआरआर : १० बर्षको उपलब्धीबारे उत्साहित अभियन्ता
- जसले न्याय खोज्दाखोज्दै त्यागिन् प्राण
- वैवाहिक बर्षगाँठको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणमा गौतम दम्पतीको सहयोग
- गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
- सिद्धार्थ ग्रुपको नारायणगढमा नयाँ शाखा बिस्तार
- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
- घिसिङ बर्खास्त