टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा टेस्ट राष्ट्र वेस्ट इन्डिज को ‘ए’ टोलीलाई नेपालले हराउँदा शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रौनक बेग्लै थियो ।

करिब २० हजार नेपाली दर्शकले एकैसाथ खुसी मनाएका थिए ।

कतिपय समर्थकले त रुखमा चढेर खेल हेरेका थिए ।

तीमध्ये अधिकांश युवा थिए ।

कप्तान रोहित पौडेलको उत्कृष्ट शतकीय पारीका साथ नेपालले बलियो टोली वेस्ट इन्डिज ‘ए’विरुद्ध सनसनीपूर्ण जीत हासिल गरेको हो ।

२०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले टेस्ट टोली वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर २०५ रनको लक्ष्य पूरा गर्न सफल भयो ।

पाँच खेलको श्रृंखलाअन्तर्गत नेपालले वेस्ट इन्डिजसँग अर्को खेल आइतबार खेल्नेछ ।

वेस्ट इन्डिजको टोली इतिहासमै पहिलोपटक नेपाल भ्रमणमा आएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिज बलियो टोली मानिन्छ ।

वेस्ट इन्डिजले एकदिवसीय र टी–२० का २–२ गरी ४ वटा विश्वकप जितेको छ ।

अहिले नेपाल आएको टोलीका २ जना खेलाडी टी–२० विश्वकप विजेता छन् ।