चितवन, ४ जेठ । भरतपुरमा सञ्चालन गरिएको उद्घोषण तथा व्यक्तित्व विकास तालिम समापन भएको छ । भरतपुर–११ मा रहेको कैलाश युथ क्लबको आयोजनामा जेठ १ गतेदेखि सुरु भएको चार दिन तालिम शुक्रबार सकिएको हो ।
तालिमको समापनका अवसरमा नवजागृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायणबहादुर केसीले प्रशिक्षार्थीहरुलाई तालिममा सिकको कुराहरु व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कसैले पनि अवसर पटक पटक नपाउने भन्दै केसीले आफूले पाएको अवसरलाई सदुपायोग गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कैलाश युथ क्लबले विभिन्न रचनात्मक कामहरु गर्दै आएको भन्दै जीवनोपयोगी र व्यवहारकुशल सीपले व्यक्तिको दक्षता बढाउनुका साथै जीवनमा सधैँ उपोग हुने केसीको भनाइ थियो ।
सो क्रममा गणेशधाम संरक्षण तथा संवद्र्धन समितिका वरिष्ठ उपाध्यक्ष रविन्द्र बरालले तालिममा सहभागीहरुमा आत्मविश्वास बढेको आफूले पाएको बताउनुभयो । आगामी दिनमा टोल तथा वडामा हुने औपचारिक कार्यक्रमको सञ्चालनका लागि यस तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई अवसर प्रदान गरिने भन्दै बरालले त्यसबाट अझै क्षमतामा निखारता आउने विश्वास व्यक्त गर्नुभयो । तालिमहरु सिक्नका लागि मात्रै नभएर सिकेका कुराहरुलाई जीवनमा लागू गर्न पछि पर्न नहुने बरालको भनाइ थियो ।
सो क्रममा प्रशिक्षार्थीहरुको तर्फबाट आफ्ना भनाइ राख्दै कमला गौतम, गीता अधिकारी एवम् अम्बिका लामिछानेले तालिम फलदायी भएको बताउनुभयो । आफूहरुले सैद्धान्तिकमात्रै नभएर प्रयोगात्मकरुपमा सिक्न पाएकाले सिकेको कुराहरुले मान्छेको अगाडि गएर बोल्नसक्ने अवस्थामा पु¥याएको उहाँहरुको भनाइ छ । त्यसैगरी, बैठक सञ्चालन, निर्णय पुस्तिका लेखन एवम् समाचार लेखनका बारेमा थप ज्ञान प्राप्त भएको उहाँहरुको भनाइ थियो ।
कार्यक्रममा कैलाश युथ क्लबका अध्यक्ष सविन अधिकारीले भरतपुर–११ का स्थानीयको व्यक्तित्व, नेतृत्व तथा क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको तालिम फलदायी भएको बताउनुभयो । यस तालिमबाट सहभागीलाई आफ्नो आत्मबल बढाउन मद्दत पुगेको भन्दै आगामी दिनमा समेत क्लबले जीवनोपयोगी तालिमहरु सञ्चालन गर्दै जाने बताउनुभयो । तालिममा प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघ चितवनका सहसचिव आनन्द पोखरेलले सहभागीहरुलाई बैठक सञ्चालन प्रकृया, निर्णय पुस्तिका लेखन र औपचारिक कार्यक्रमको समाचार लेखन तथा पत्रकार रामकान्त पौडेलले उद्घोषण तथा वाक कलासम्बन्धी प्रशिक्षण दिनुभएको थियो । तालिमको औपचारिक समापन कार्यक्रमको सञ्चालनसमेत प्रशिक्षार्थीकै तर्फबाट रेखा भट्टराईले गर्नुभएको थियो ।
Breaking News
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न

