मनिषा बस्नेत / नेपाल न्यूज बैंक
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत सामाजिक सेवा भावको अभियान संचालन गरेर स्थापित भएको महिलाहरुको समूह डब्लुआरआरले १० औ वार्षिकोत्सव मनाएको छ ।
शनिवार काठमाडौंको जडिबुटी र लोकन्थलीको सुकुम्वासी बस्तीका बालबालिकाहरुसँग रेम्बो भोलेन्टिएर क्लबसँग सहकार्य गर्दै उनीहरुले १० औ वार्षिकोत्सव मनाएका हुन् ।
गल्मीकी पुजा राणा डब्लुआरआरसँग जोडिएर सामाजिक काम गर्न थालेको करिब नौ वर्ष भएको अनुभव सुनाउदै बालबालिका र महिलाको न्यायको लागि काम गरेको सुनाइन् ।
‘हामीले धेरै सामाजिक र मनकारी काम गरेका छौ । महिला बालबालिकाको क्षेत्रमा प्रशस्त काम गरेका छौ । शिक्षाबाट बञ्चित भएका बालबालिकाहरुको सिकाई र शिक्षामा काम गरिरहेका छौं । अनाथ, असाहय वा टुहुराहरुको आश्रमलाई सहयोग गर्ने काममा सक्रिय छौं । महिलाहरुको न्यायको लागि पनि काम गरिरहेका छौ,’ उनले भनिन् ।
तर कतिपय व्यक्तिहरुले सामाजिक काम गर्दा परिचालित संस्था भएको झुटा आरोप लगाउँदा दुःख लाग्ने गरेको उनी सुनाउछिन् । आफूहरुले सदस्यहरुबीच मै पकेट खर्च उठाएर काम गर्ने गरेको बताइन् ।
उनले भनिन् ‘सामाजिक कामका लागि सदस्यहरुबीच पकेट खर्च उठाएर काम गरिरहेका छौं । डब्लुआरआरले तीन जना बच्चाहरु पनि पढाइरहेको छ । कतैबाट परिचालित छैनौं । दबिएका आवाज अगाडि ल्याउने हाम्रो उद्देश्य हो । जहाँ आवश्यकता त्यहाँ गएर काम गर्न पाइयोस् भन्ने छ । अब छिट्टै संस्थाका रुपमा दर्ता गर्ने तयारीमा छौ । अहिलेसम्म फेसबुक नै प्लेटफम हो ।’
यस्तै, मोरङकी अर्की सदस्य नमिरा पौडेलले एकजनाबाट अरु सदस्य जोड्दै, एक आपसमा सहकार्य गर्दै काम गर्दा परिवर्तनका लागि महत्वपूर्ण काम गर्न सकिने बताइन् ।
संस्थामा नेपालका चर्चित कलाकारहरु प्रियङ्का कार्की, ऋचा शर्मा, सविना काफ्ले लगायत सयौं महिलाहरु समूहका सदस्यहरु छन् ।
यस्तै, रेम्बो भोलेन्टिएर क्लबका अध्यक्ष मदन पौडेलले भूकम्पको समयमा बालवालिकाको क्षेत्रमा काम गर्दागर्दै संगठित भएर हालसम्म सक्रिय रहेको सुनाए ।
‘हामीले रेम्बो भोलेन्टिएर क्लब भुकम्पपछि सुरु गरेका हौ । त्यसबेला युवाहरुले बालबालिकाको क्षेत्रमा योगदान गर्न सक्छौ भन्ने सोच बनाएर सुरु गरेका हौ । सीपलाई बालवालिकामा हस्तान्तरण गर्ने सोचले अभियान सुरु गरेका थियौं,’ उनले अगाडि भने,‘ नेता र देशको सिस्टमका बारेमा हाम्रो सँधै गुनासो छ । तर आफूले के गरिरहेका छौं भनेर आफैंलाई प्रश्न गर्न सक्दैनौं । तर सानो सानो काम गरेर पनि समाजमा परिवर्तन गर्न सकिन्छ भन्ने हाम्रो लक्ष्य हो ।’
आफूहरुले विशेषगरी बालबालिकामा केन्द्रित शिक्षा, स्वास्थ्य, पोषणलाई महत्व दिएको उनले सुनाए । आफूहरुले मुलपानीमा रेम्बो भोलेन्टिएर क्लबको अफिसमा खाना पकाएर वितरण गरेदेखि अभियानको प्रारम्भ गरिएको उनले बताए ।
Breaking News
- देवघाटधाम संरक्षण प्रतिष्ठानमा नयाँ २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन
- लायन्स क्लब चितवन राइजद्वारा एकै दिन चार सामाजिक सेवा कार्यक्रम सम्पन्न
- आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन
- सिरिस पन्तको नेतृत्वमा चितवन उद्योग वाणिज्य सङ्घ पुनः सक्रिय बन्ने अपेक्षा
- चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न
- मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की
- ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

