रुपन्देहीको बुटवलमा बिरामी बोकेको एम्बुलेन्सले तीन जनालाई ठक्कर दिएको छ । एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लू १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलुंगेपुलनजिकै मर्निङ वाकमा निस्किएका ३ जनालाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपालीको मृत्यु भएको छ भने ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले गम्भीर बिरामी लिए आएको एम्बुलेन्सले मर्निङ वाकमा निस्किएकाहरूलाई ठक्कर दिएको बताए । ‘जेब्रा क्रसिङ नेर बाटो क्रस गर्दा हानेको जस्तो देखिन्छ । घटनाको अनुसन्धान भइरहेको छ,’ डीएसपी पण्डितले भने ।
घाइतेहरूको स्थानीयले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल लगेका थिए । घटना बिहान साढे ५ बजेको हो । दुर्घटनाका घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणिनी गाउपालिका ७ का नारायणबहादुर मगर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । पछिल्लो समय यस क्षेत्रमा सडक दुर्घटनाका घटना तीव्र रुपमा बढेका छन् ।
Breaking News
- सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता
- होर्मुज जलघाँटी खोल्ने घोषणापछि तेलको मूल्यमा तीव्र गिरावट, शेयर बजारमा पनि उतारचढाव
- धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा, हिमालयन सेक्युरिटिजलाई स्पष्टीकरण
- यात्रुबाहक बसको ठक्करबाट युवतीको मृत्यु
- बिक्रमबाबा मेलाको फोहोर व्यवस्थापनः सरोकारवालाहरुले उचित ध्यान पुर्याउन नसकेको अध्ययन टोलीको निष्कर्ष
- विद्यालयबाट कलम किन्न भनेर निस्किएका दुई बालकको नारायणीमा डुबेर ज्यान मृत्यु
- पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्

