चितवन, जेठ १३ – नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत आज आइतबार बिहान तुइन खोला नजिक पहिरो खसेर मेसिन अपरेटरको मृत्यु भएको छ ।
सडकको नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिन माथि पहिरो खस्दा ढुङाले मेशिन च्याप्दा अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । पहिराेले मेसिनमा पनि क्षति पुगेको र अर्को एक सवारी साधनमा पनि क्षती पुगेको छ ।
पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जनाइएको छ । घटनाको बारेमा बुझ्न नारायणगढ–मुग्लिन सडक आयोजनाका अधिकारीहरु घटनास्थलमा जाँदैछन् । मृत्यु भएका अपरेटरको नाम ठेगाना खुल्न सकेको छैन ।
Breaking News
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै
- पठन संस्कृतिको प्रवर्द्धन गर्दै अर्किडद्वारा नवआगन्तुक विद्यार्थीलाई ‘मुना’सहित स्वागत
- रोल्पा जीप दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो: सिंगो राष्ट्र शोकमग्न छ

