चितवन, जेठ १३ – नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत आज आइतबार बिहान तुइन खोला नजिक पहिरो खसेर मेसिन अपरेटरको मृत्यु भएको छ ।
सडकको नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिन माथि पहिरो खस्दा ढुङाले मेशिन च्याप्दा अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । पहिराेले मेसिनमा पनि क्षति पुगेको र अर्को एक सवारी साधनमा पनि क्षती पुगेको छ ।
पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जनाइएको छ । घटनाको बारेमा बुझ्न नारायणगढ–मुग्लिन सडक आयोजनाका अधिकारीहरु घटनास्थलमा जाँदैछन् । मृत्यु भएका अपरेटरको नाम ठेगाना खुल्न सकेको छैन ।
Breaking News
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स

