चितवन , माडी , जेठ २७ – चितवनका माडी क्षेत्रका किसान लाई यति बेला चैतमा रोपेको धान थन्क्याउन भ्याइ नभ्याइ परेको छ । धान पाकेर खेतभरी झुलिरहेको अबस्थामा बर्खेधानको समेत तयारी गर्नु पर्ने भएपछी किसानहरु लाई धान सम्हान चटारो परेको हो । बिगतका बर्षहरुमा सिचाइ सुबिधा भएका क्षेत्रमा विभिन्न जातका मोटो धान लगाउने गरिएको भएपनि यसपटक भने चैतमा टाइचिन जातको धानको बीउ ल्याएर लगाएपछि उत्पादनमा समेत वृद्धि भएको छ । लामो समय देखि आफुहरुले चैतेधान लगाउने गरेको भएपनि उत्पादन न्यून हुने गरेको भएपनि यसपटक टाइचन धानको बीउ ल्याएर रोपाइ गरेपछि धान उत्पादनमा वृद्धि भएको माडी नगरपालिका वडा नम्बर ७ जगन्नाथपुरीका स्थानिय खेमलाल पोखरेलले बताउनु भयो । बिगतमा दुख अनुसारको उत्पादन नभएपछि आफुहरु सधै निरासामा रहने गरेको भएपनि यसपटक टाइचन जातको धान लगाएपछी ३ कठ्ठा जमिनमै ८ क्युनिन्टल धान उत्पादन भएको बताउनु भयो ।
टाइचन जातको धान माडी क्षेत्रमा हावापानी सुहाउदो रहेको र उत्पादन समेत वृद्धि भएकोले आफुहरु पनि उत्साहित भएको माडी ७ दिवानगरका किसान खडानन्द सुवेदीले बताउनु भयो । उत्पादन राम्रो भएको र बिक्रीका लागि बजार भाउ समेत राम्रो रहेकाले आफुहरु खुशी रहेको उहाँको भनाइ छ । माडी क्षेत्रमा चैते धान चैतको पहिलो साता रोपिएको धान जेठ अन्तिम साता काटेर धन्क्याउने गरिन्छ । बर्षादको समय भएका कारण सुरक्षित तरिकाले धान थन्क्याउन तथा पराल जोगाउन आफुहरु लाई हम्मे हम्मे हुने गरेको उनिहरुको भनाइ छ ।
Breaking News
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै
- पठन संस्कृतिको प्रवर्द्धन गर्दै अर्किडद्वारा नवआगन्तुक विद्यार्थीलाई ‘मुना’सहित स्वागत
- रोल्पा जीप दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो: सिंगो राष्ट्र शोकमग्न छ

