चितवन , माडी , जेठ २७ – चितवनका माडी क्षेत्रका किसान लाई यति बेला चैतमा रोपेको धान थन्क्याउन भ्याइ नभ्याइ परेको छ । धान पाकेर खेतभरी झुलिरहेको अबस्थामा बर्खेधानको समेत तयारी गर्नु पर्ने भएपछी किसानहरु लाई धान सम्हान चटारो परेको हो । बिगतका बर्षहरुमा सिचाइ सुबिधा भएका क्षेत्रमा विभिन्न जातका मोटो धान लगाउने गरिएको भएपनि यसपटक भने चैतमा टाइचिन जातको धानको बीउ ल्याएर लगाएपछि उत्पादनमा समेत वृद्धि भएको छ । लामो समय देखि आफुहरुले चैतेधान लगाउने गरेको भएपनि उत्पादन न्यून हुने गरेको भएपनि यसपटक टाइचन धानको बीउ ल्याएर रोपाइ गरेपछि धान उत्पादनमा वृद्धि भएको माडी नगरपालिका वडा नम्बर ७ जगन्नाथपुरीका स्थानिय खेमलाल पोखरेलले बताउनु भयो । बिगतमा दुख अनुसारको उत्पादन नभएपछि आफुहरु सधै निरासामा रहने गरेको भएपनि यसपटक टाइचन जातको धान लगाएपछी ३ कठ्ठा जमिनमै ८ क्युनिन्टल धान उत्पादन भएको बताउनु भयो ।
टाइचन जातको धान माडी क्षेत्रमा हावापानी सुहाउदो रहेको र उत्पादन समेत वृद्धि भएकोले आफुहरु पनि उत्साहित भएको माडी ७ दिवानगरका किसान खडानन्द सुवेदीले बताउनु भयो । उत्पादन राम्रो भएको र बिक्रीका लागि बजार भाउ समेत राम्रो रहेकाले आफुहरु खुशी रहेको उहाँको भनाइ छ । माडी क्षेत्रमा चैते धान चैतको पहिलो साता रोपिएको धान जेठ अन्तिम साता काटेर धन्क्याउने गरिन्छ । बर्षादको समय भएका कारण सुरक्षित तरिकाले धान थन्क्याउन तथा पराल जोगाउन आफुहरु लाई हम्मे हम्मे हुने गरेको उनिहरुको भनाइ छ ।
Breaking News
- शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
- फेसबुकमार्फत चम्किएको डब्लुआरआर : १० बर्षको उपलब्धीबारे उत्साहित अभियन्ता
- जसले न्याय खोज्दाखोज्दै त्यागिन् प्राण
- वैवाहिक बर्षगाँठको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणमा गौतम दम्पतीको सहयोग
- गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
- सिद्धार्थ ग्रुपको नारायणगढमा नयाँ शाखा बिस्तार
- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
- घिसिङ बर्खास्त