चितवन , असार २३ – अबिरल बर्षाका कारण भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरा स्थित राष्ट्रिय आधारभुत बिद्यालयको पर्खाल भत्किएको छ । लगातारको बर्षाका कारण शनिबार राती करिव १० मिटर पक्की पर्खाल भत्किएको हो । बिद्यालयको पर्खाल भत्किएपछी बिद्यालय भवन समेत जोखिममा परेको छ । करिव दुई बर्ष पहिले बिद्यालयको सुरक्षाका लागि भरतपुर महानगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा पर्खाल निर्माणको काम गरिएको भएपनि लगातारको बर्षाले रातको समयमा पर्खाल भत्किएको बिद्यालयका प्रधानध्यापक ज्योती नारायण ढकालले बताउनु भयो । उहाले दिनरात नभनि रगत पसिना बगाएर अहोरात्र खटेर निर्माण गरिएको पक्कि कम्पाउण्ड गर्ल्याम्मै ढल्दा आफु ज्यादै दुखि भएको बताउदै एकातिर निर्माण गर्दै जान्छु अर्कोतिर क्षति हुदै जान्छ – सिलाउने र च्यातिने जस्तो भएको बताउनु भयो । उहाँले पर्खाल भत्किएपछी विद्यालय समेत असुरक्षित भएकाले पर्खाल निमार्णका लागि सहयोगको अपिल समेत गर्नु भएको छ ।
शनिबार मात्रै सो बिद्यालयको नर्मदा लोक लक्ष्मी फाउन्डेसनको सहयोगमा ४ कोठे पक्की भवनको ढलाइ भएको थियो । ठिमुरा बिद्यालयमा बिपन्न तथा चेपाङ समुदायका करिव १ सय बिद्यार्थी अध्यन गर्दै आएका छ्न ।
Breaking News
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै
- पठन संस्कृतिको प्रवर्द्धन गर्दै अर्किडद्वारा नवआगन्तुक विद्यार्थीलाई ‘मुना’सहित स्वागत
- रोल्पा जीप दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो: सिंगो राष्ट्र शोकमग्न छ

