नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । रावलले ओली माथी आलोचना गर्दै अन्याय र अत्याचार गरेको बताएका छन् । नेता रावलले बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।
‘अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्न सुहाउँछ र ? ’, भन्दै उनले प्रश्नसमेत गरेका छन् ।


