आजको राशिफल:
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । पुँजी बजार र आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त बन्नेछन् ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्ने र शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आज आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । कुनै प्रसङ्गले मनमा शान्ति छाउला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आज धार्मिक कार्य सफल रहनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउन पनि सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आज यात्रामा विशेष लाभ मिल्ने देखिन्छ । शत्रुपक्ष र रोगबाट छुटकारा मिल्ने समय छ । शेयर बजारको कारोबारमा समेत सफलता मिल्नेछ ।।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आज नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैबाट धोका हुनसक्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

