नवलपुर, नेकपा(एमाले) बुलिङ्गटार गाउपालिका वडा नं.-१ द्दारा आयोजित प्रतिनिधि सभा तथा प्रदेश सभा उम्मेदवार परिचय तथा घरदैलो कार्यक्रमका अवसरमा नेपाली कांग्रेसका नवीन श्रेष्ठ तथा देउमाया डिस्वा मगरको नेतृत्वमा ५० जना नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरूलाई एमाले केन्द्रिय कमिटी सदस्य तथा नवलपुर सह-इन्चार्ज एंव आगामी मंसिर ४ गते हुने नवलपुर क्षेत्र नं.-१ ,प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्ण पौडेल, नेकपा(एमाले) केन्द्रीय कमिटी समिति तथा नवलपुर सह-इन्चार्ज तथा नवलपुर क्षेत्र नं.-१(क) प्रदेश सभा सदस्य पदका उम्मेदवार रविन्द्र अधिकारीले स्वागत गरेका हुन । कार्यक्रममा बोल्दै एमाले नेता पौडेलले नेकपा (एमाले) गरिब जनताको पार्टी , मजदुर वर्गको पार्टी भएको र एमालेले मात्र देशको निकास र विकास दिन सक्ने भन्दै सबै मिलेर देश विकासका लागि लाग्नका साथै एमाले प्रवेश गरेका सम्पूर्णलाई बधाई तथा शुभकामना दिएका थिए ।
काँग्रेसकाे दवाव र प्रभावबाट मुक्त हुन आफुहरू एमालेमा प्रवेश गरेकाे श्रेष्ठले बताए । एमाले प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै मंसिर ४ गते हुने निर्वाचन नेकपा(एमाले) को पक्षमा भएको र शुनिश्चित रहेको हुदा आफूहरूले जिताउन लाग्ने प्रतिबद्धता डिस्वाले जनाइन । उनीहरू काँग्रेस काेटथरका हस्ती हुन् । नव प्रवेशिहरुले नवलपुर क्षेत्र नं१ मा अब एमालेकाे विजयी सुनिश्चित भएकाे विचार समेत व्यक्त गरेका थिए ।
Breaking News
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट

