राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले विदेशमा रहेका आम नेपालीसँग भोट मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत विदेशमा बस्ने नेपालीलाई घण्टीमा भोट गर्न घरपरिवारलाई भनिदिन आग्रह गरेका हुन् । ‘विदेशमा हुनेहरुले घण्टीमा भोट गर्नु भनेर घरमा फोन गरिदिनुस् ल ।’, उनले एक अपीलमा भनेका छन् ।
लामिछानेले देशभित्र र विदेशमा जहाँ अस्थायी बसोबास भएपनि आफ्नो स्थायी रहेको क्षेत्रका लागि भोट हाल्ने व्यवस्था पार्टीले गराउने पनि प्रतिबद्धता जनाएका छन् । ‘हामीलाई थाहा छ, विदेशमा रगत पसिना बगाएर कमाएको पैसा पठाएर चलेको आफ्नै देशमा आफ्नो मतदानको अधिकार नपाउँदा कस्तो हुन्छ भन्ने’, लामिछानेको भनाइ छ, ‘हामी गर्नेछौँ देशभित्र र विदेशमा जहाँ अस्थायी बसोबास भए पनि आफ्नो स्थायी ठेगाना रहेको क्षेत्रका लागि भोट हाल्ने व्यवस्था ।’
त्यसैले घरमा कुरा हुँदा घण्टीमा भोट गर्नु भनिदिन आग्रह गर्दै उनले यो पटक देशमा साँच्चै नै केही फरक हुने दाबी पनि गरेका छन् ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

