काठमाडौं । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित नेपाल-पाकिस्तान मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पराजित गरेको छ ।
पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ८३औं मिनेटमा नेपालले पहिलो गोल गर्यो । फरवार्ड अन्जन विष्टको यही गोल निर्णायक साबित भयो ।
त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलबाट नेपाली टिममा प्रशिक्षक प्रवेश कटुवालले डेब्यु गरेका हुन् ।
अन्तर्राष्ट्रिय फुटबलमा पाकिस्तान तीन वर्षपछि फर्किएको हो । आन्तरिक राजनीतिका कारण फिफाले ‘पाकिस्तान फुटबल संघ’ लाई खेलमा प्रतिबन्ध लगाएको थियो । फिफाले गत जुलाइमा पाकिस्तानमाथिको प्रतिबन्ध हटाएको हो ।
अहिलेसम्म नेपाल-पाकिस्तानबीच १६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपालले चार र पाकिस्तनले सात खेल जितेको छ । पाँच खेल बराबरीमा सकिएको थियो ।
नेपालले १९८२ बाट अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेको हो । पहिलोपटक नेपालले १९८४ मा दशरथ रंगशालामा खेलेको थियो । आज (बुधबार) को यो खेल नेपालले आधिकारिक रूपमा दशरथ रंगशालामा खेलेको ५०औं खेल हो ।

