नेकपा एमालेले काठमाडौं उपत्यकामा दोस्रो जीत हात पारेको छ ।
एमालेका कृष्ण गोपाल श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ९ बाट जीत हात पारेका हुन् ।
श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत पाए ।
सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत पाइन् ।
राप्रपाका देवेन्द्र प्रधानको पक्षमा ४ हजार ७८५ र साझा पार्टीका मिलन पाण्डेको पक्षमा २ हजार ३२७ मत पर्यो ।
यसअघि ललितपुर २ बाट एमालेका प्रेम महर्जनले जीत हात पारे ।

