राष्ट्रिय झण्डा दिवसका अवसरमा शुक्रवार र्याली निकालिएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा काठमाडौंको माइतीघरदेखि वसन्तपुरसम्म र्याली गरिएको हो।
उनीहरुले हातहातमा झण्डा बोक्दै राष्ट्रिय झण्डाको गाथाबारे नारा लगाएका थिए। यो पाँचौँ राष्ट्रिय झण्डा दिवस भएको उनीहरुले बताए।

