उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।
सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिए । उनले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन् । आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहेकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सहयोग गर्न आग्रह गरेको बताए ।
यसअघि गत सोमबार गृहमन्त्री लामिछानेले गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए ।
Breaking News
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स

