प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दिने/नदिने विषयमा निर्णय लिन नेपाली कांग्रेस पदाधिकारीको बैठक बसिरहेको छ ।
बुधवार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक बसिरहेको हो ।
कांग्रेसका एक पदाधिकारीले पार्टीले सभामुखमा उम्मेदवारी दिने सम्भावना रहेको लोकान्तरलाई बताए । सभामुखका लागि बुधवार दिउँसो १–४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।
सभामुख निर्वाचनबारे सभापति देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् । कांग्रेस पदाधिकारी बैठकअघि देउवाले नेपाल र यादवसँग छलफल गरेका हुन् ।
सभामुख निर्वाचनमा सहमति जुटाउने प्रयास स्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससहित सरकारलाई समर्थन गरेका दलका नेतासँग छलफल गरेका थिए । सभामुखको चुनाव बिहीवार हुँदैछ ।

