राष्ट्रिय सभाको आज (शुक्रबार)को बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिति तय भएको जानकारी दिएका हुन्।
२३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा निर्वाचन हुने उनले तोकेका हुन् ।
१ वर्षदेखि रिक्त रहेको यस पदमा निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्न अध्यक्ष तिमिल्सिनाले संघीय संसद्का महासचिव भरतराज गौतमलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

