प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
शनिवार बिहान बालुवाटारमा प्रचण्ड र ओलीबीच राष्ट्रपति निर्वाचन, गृहमन्त्रीको नियुक्ति लगायत विषयमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माग गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नेबारे समेत भेटमा छलफल हुनेछ । प्रचण्ड र ओलीबीच भेटवार्ता जारी छ ।
रास्वपा सभापति रवि लामिछानेले आफूलाई नै गृहमन्त्री यथाशीघ्र नियुक्त गर्नुपर्ने माग राख्दै आएका छन् । गृहमन्त्रीको नियुक्तिबारे निर्णय लिन रास्वपाले २ दिनको अल्टिमेटम दिएको थियो ।

