सरकारले जनयुद्ध दिवसका दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतवार बसेको मन्त्रिपरिषदको बैठकले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
वि.सं. २०५२ फागुन १ गतेबाट शुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतापछि टुंगिएको थियो ।

