अध्यागमन विभागको सर्भरमा फेरि गडबडी देखिएको छ।
आज सर्भर डाउन हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित भएका हुन्।
२ घण्टा बढी सर्भर डाउन भएसँगै उडान अवरुद्ध भएका हुन्।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश आचार्यले २ घण्टा पूर्ण रुपमै साइट डाउन भएको जानकारी दिए।
‘सर्भर चल्न थाले पनि सहज रुपमा चलाउन सकिएको छैन,’ अचार्यले भने,‘अब उडान र अवतरण विस्तारै हुन्छ।’
सर्भर नचल्दा विमानस्थलमा यात्रुको भीडभाड बढेको छ।

