नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मेलम्ची अयोजना तथा बाढी प्रभावित स्थानीयको जायज माग पूरा गर्न एमाले सदैव साथमा रहेको बताउनुभएको छ । शुक्रवार मेलम्ची खानेपानीको मुहान स्थल अवलोकनमा पुग्नु भएका एमाले उपाध्यक्ष एवं पुर्व मन्त्री पाण्डेले मेलम्ची खानेपानी तथा बाढी पिडित संघर्ष समिति र एमाले हेलम्बुको ज्ञापनपत्र बझ्दै एमाले प्रतिपक्षमा भएपनि सरकारसंगै रहेकाले यहाँका स्थानीयका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । मेलम्ची खानेपानी तथा बाढी प्रभावित संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाँइले मेलम्ची खानेपानी आयोजनाले मकिङको उचित व्यस्थापन नगरेको गुनासो गर्नुभयो । उहाँले बाढी पिडितको माग सम्बोधन गर्दै यहाँका विकास निमार्णका काममा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
हेलम्बु गाउँपालिका –१ अम्बाथान स्थित मेलम्ची खानेपानीको मुहानस्थलको स्थलगत अवलोकनमा नेकपा(एमाले)केन्द्रिय खानेपानी तथा सरसफाइ बिभागका प्रमुख बिमला घिमिरे लगायत टोलि हेलम्बु शुक्रबार अम्बाथान पुगेको थियो ।अवलोकनको उदेश्यबारे जानकारी गराउनुहुँदै घिमिरेले मेलम्ची खानेपानी दिर्घकालिन रुपमा लानका लागि गर्नुपर्ने काम र स्थानियको भावना बुझ्न टोली यस क्षेत्रको अवलोकनमा आएको बताउनुभयो । उहाँले दिगो हिसाबले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो पार्टी संगै सरकारको पनि ध्यानाकर्षण गराउने बताउनुभयो । टोलीमा प्रमुख घिमिरे पार्टी उपाध्यक्ष पाण्डे, एमालेबाट निर्वाचित संघिय र प्रदेशका सांसद, पुर्व मन्त्री शेरबहादुर तामाङ लगयात एमालेका केन्द्रिय, प्रदेश र जिल्ला स्तरिय नेताहरु सहभागी रहनुभएको थियो ।
Breaking News
- गैह्रीगाउँमा डोजरः ध्वस्त भए घरटहरा, हेरिरहे सुकुमबासी (तस्बिरहरू)
- गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर चल्यो (तस्वीरहरू)
- थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा
- सुकुमबासीलाई सहयोग गर्दै प्रहरी, तस्बिरमा हेर्नुहोस्
- खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
- विस्थापित सुकुमवासीलाई दुई दिन सरकारले नै खाना दिने, पहिचानपछि अस्थायी सेल्टरमा पुन:स्थापना
- आमाको माया …
- रंगशालामा स्क्रिनिङ गरेपछि यी ठाउँमा राखिनेछन् सुकुम्बासीलाई

