काठमाडौं– कमेडियन अपूर्वक्षितिज सिंहविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतमा चार वटा शीर्षकमा मुद्दा दर्ता भएको हो ।नेवाः अभियन्ताहरूले उनीविरूद्ध चार वटा शीर्षकमा जाहेरी दिएका हुन् ।
उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद १० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा जाहेरी परेको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।
चार वटै मुद्दामा एकदेखि पाँच वर्षसम्म कैद सजाय माग गरीएको छ । अपूर्वले ‘नेवारको परम्परा’ शीर्षकमा स्ट्यान्डअप कमेडी गरेका थिए ।
उक्त भिडिओमा बोलिएको कुराको विरोध भएपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए ।

