फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेलहरु हेर्न पाइने छ । त्यस्तै यस पटको विश्वकप कतार २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीले प्रसारण गर्ने भएको छ । हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलका अनुसार हिमालय टेलिभिजनबाट दुईवटा च्यानलबाट खेलहरु प्रसारण गर्नेगरी तयारी थालिएको हो ।
ग्राहकले तिर्ने अतिरिक्त शुल्क एवं विज्ञापनबाट हुने आम्दानी मिडिया हब र केबल वितरकबीच साझेदारी हुने र हिमालय टेलिभिजनले कुनै शुल्क नलिने समझदारी भएको समेत उनले बताए
उनी भन्छन्, ‘विश्वकपजस्तो ठूलो कन्टेन्ट देखाउन पाउनु टेलिभिजनका लागि आफैंमा ठूलो अवसर हो,’ त्यसैले नेपालको प्रसारण अधिकार पाएको मिडिया हबसँग प्रसारण शुल्क नलिई ६४ वटै खेल देखाउन तत्पर भएका हौं ।’