काठमाडौं– स्वास्थ्य मानव जीवनको महत्वपुर्ण पक्ष हो । हाम्रो स्वास्थ्य राम्रो भयो भने मात्र हामी केहि गर्न सक्छौ । नेपालीमा एउटा भनाइ छ स्वास्थ्य नै मानिसको सबै भन्दा ठुलो धन हो । यो भनाइ सत्य हो यदि हाम्रो स्वास्थ्य नै राम्रो छैन भने हामीले आखिर केहि गर्न सक्दैनौ । त्यसकारण हामीले आफ्नो स्वास्थयको समयमै ख्याल राख्नुपर्छ । पछिल्लो समय विभिन्न खालका मिसावट भएका परिकारहरुको सेवनले मानव स्वाथ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुराएको हुन्छ । अव्यवस्थित र अस्वस्थ्य खानपानका कारण मानिसहरुमा विभिन्न किसिमका रोगहरु लाग्र्ने गर्दछ । चाडपर्व नजिकिदै गर्दा मानिसहरुले खानपानमा खासै ध्यान दिएको पाइदैन । नेपालीहरुको दोस्रो महान पर्व तिहार सुरु भइसकेको छ । खास गरी तिहारमा गुलिया परिकारहरु धेरै खाने गरिन्छ ।
जीव्रो र स्वादको लागी मात्र मिठा ति परिकारहरुले हाम्रो स्वास्थ्यमा कस्तो असर पार्छ त्यो हामीले कहिले सोचेका हुदैनौ । दशैमा बढि मासु खाए जस्तै तिहारमा धेरैमात्रामा गुलियो मिठाइहरु खाने चलन रहेको छ । तिहारको समयमा बजारमा जेरी,पुरी, पेडा,लगायत विभिन्न थरिका मिठाइका परिकार पाइन्छ । घरमा पनि अत्याधिक चिनीका परिकारहरु बनाउने गरिन्छ । तिहारमा फलफूल र गेडागुडी भन्दापनि गुलिया मिठाईका परिकारहरु बढी प्रयोग भएको पाइन्छ । मैदा, सोडा तथा चामलको पिठोमा धेरै चिनी राखेर बनाईको विभिन्न थरिका मिठाइमा आकर्षक देखाउँन विभिन्न किसिमका रंगको समेत प्रयोग हुने गरेको छ ।
मिठाइ व्यापारिहरुले विभिन्न किसिमका रंग राखेर मिठाइका परिकारहरु बनाउने गरेका छन् । बजारमा पाइने अखाद्य रंग मिसाइएका मिठाइहरु खादा स्वास्थ्यमा गम्भिर असर पार्ने चिकित्सकहरु बताउछन् । मिठाइहरुको गुणस्तर नसोधि मुल्यमात्रै सोधेर उपमोक्ताहरु खरिद गर्ने गर्दछन् ।
विश्वव्यापी मृत्युको कारण मध्ये गुलिया परिकारको अत्याधिक सेवन पनि एउटा कारण रहेको एक अध्ययनले जनाएको छ । गुलिया परिकारको सेवनकै कारण मानिसहरुमा विभिन्न रोगहरुले सताइरहेकोे हुन्छ । पछिल्लो समय युवाहरुमा पनि विभिन्न मृटु रोग तथा उच्चरक्त्तचाप जस्ता समस्याहरु देखिन थालेको छ ।
चाडवाडको समयमा अत्याधिक खाइने परिकारहरुबाट जोगिन नसके मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या र असरहरु पर्ने देखिन्छ ।
गुलियो परिकार खादा देखिने समस्या
शरीरमा मोटोपनको समस्या हुने ।
उच्च रक्तचापको समस्या हुन्छ ।
रुघा खोकिको जोखिम ।
छालामा समस्या हुने ।
मुटुसम्बन्धि रोग लाग्न सक्छ ।
मधुमेह तथा चिनी रोगको जोखिम ।
क्यान्सरको जोखिम बढ्छ ।
दिर्घरोगहरु मात्रै नभई गुलियो धेरै खादा वान्ता हुने,झाडापखल लाग्ने र पेट दुख्ने समस्या समेत हुन सक्छ । त्यसैले यस्ता कुरामा ध्यान दिनुपर्दछ । चाडपर्व भनेपछि साविक भन्दा अलि बढि खाने नेपालीहरुको गलत बानी छ । जसले गर्दा नेपालीहरुको स्वास्थ्य समस्या बढ्दै गएको छ ।

