ट्रमा सेन्टर बनाउन सजिलो नभएको, जसका लागि खरबौं खर्च लाग्ने डा. शशांक कोइरालाले बताएका छन् । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नवलपुर क्षेत्र नं १ का लागि उम्मेदवारी दिएका कोइरालाले घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
डा. कोइरालाले विगतलाई स्मरण गर्दै भने, “म नवलपुर आउने क्रममा आफनै अगाडी दुर्घटनामा ज्यान गुमाएको व्यक्तिले छट्पटाउँदै मृत्यु भएको देखेपछि यहाँ ट्रमा सेन्टरको आवश्यकता रहेको र त्यति बेला नै ट्रमा सेन्टर बनाउने कुरालाई अठोट गरेको बताएका छन् । ” उनि थोरै आक्रोसित हुँदै ट्रमा सेन्टर बनाउन त्यति सजिलो नरहेको समेत बताएका छन् ।
उनले थप्दै भने, यहाँका जनताले चुनावको बेला कोइरालाले अघिल्लो पटक पनि यहि कुरा भनेको थियो, खै बनेको ? भन्ने लाग्ला तर ट्रमा सेन्टर बन्न खराबौँ लाग्ने पनि स्पष्ट पार्दै ६ सय डाक्टर, ८ सय नर्स सहितको सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माणका लागि काम भइरहेको जानकारी गराएका थिए । उनले आँफूलाई यहाँको विकासका निम्ति ठूलो सपना देखेको र काम गरेर देखाउनको लागि चौथो पटक निर्वाचनमा होमिएको समेत बताएका हुन् ।
साथै उनले युवाहरुलाई रोजगार सँगै खेलकुदमा र महिलाहरुलाई उद्यमशील बनाउन तड्कारो आवश्यकता रहेको बताए । भावी प्रधानमन्त्री बन्ने तयारीमा रहेको विभिन्न कार्यक्रममा डा. कोइरालाले बताउँदै आएका छन् ।

