पर्साको पश्चिमी सीमामा रहेको ठोरीमा भारतीय पर्यटक आउने क्रम बढ्न थालेको छ। चारै तिरबाट जङ्गल र पहाडले घेरिएको उक्त बजार सीमावर्ती भारतीयहरूको लागि आकर्षणको केन्द्र बन्दै गएको छ। हुलाकी सडकको निर्माणपछि सदरमुकाम वीरगन्ज देखि ठोरीको दूरी नजिकिए पछि त्यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको भिड बढ्न थालेको हो। भारतीय सीमावर्ती शहर भिखाना ठोरीसँग जोडिएको ठोरीको राईधारामा पिकनिक खान आउनेको संख्या एक्कासी बढेको छ। तराईमा तिहार र त्यस लगतैको छठपर्व पछि पिकनिक मनाउने आउनेहरूको तातिनै लागेको छ। त्यसमाथि भारतको बिहारमा ‘सराब–बन्दी’ अर्थात रक्सी बन्द भएका कारण पनि पिकनिक मनाउन भारतीयहरूको ओइरो लागेको हो। स्थानीयहरूका लागि त्यसको व्यवस्थापन गर्न भ्याइ न भ्याइ छ।
तराइका मुख्य पर्वको रुपमा रहेको छठ सकिएसँगै ठोरीमा भारतीय तथा नेपालका आन्तरिक पर्यटकहरूको चहलपहल ह्वात्तै बढेको छ। कोरोनाका कारण दुई वर्ष देखि सीमामा लागेको नाकाबन्दी खुलेकाले पनि यो वर्ष पर्यटकीय चहलपहल बढेको हो।
राईधारा परिसरमा पिकनिक खान आउने आन्तरिक र भारतीय पर्यटकहरूको पिकनिक खान आउनेको संख्या बढेको ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताउनुभयो । बालकुमार भन्नुहुन्छ, ‘मुख्य रुपमा हुलाकी सडक निर्माण भएपछि ठोरीको रमणीय ठाउँहरू हेर्न आउने भारतीयको संख्या क्रमिक रुपमा बढ्दै छ, उनीहरू घुमफिर गर्नुको साथै खानपिनमा व्यस्त हुन्छन्।’
सोमबार मात्रै सीमावर्ती भारतीय शहर जमुनिया, नरकटियागन्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुरदेखि पटनासम्मका भारतीय पर्यटकको ओइरो लागेको छ। आन्तरिक रुपमा वीरगन्ज, कलैया, पोखरिया, हरैया लागायतका स्थानबाट पनि सपरिवार पिकनिक मनाउन आउनेहरू देखिएका छन्।
ठोरीको पिकनिक स्पटका रुपमा परिचित राईधारा क्षेत्रमा २ रुपैयाँ ५० हजारभन्दा बढी सवारी पार्किङ शुल्क मात्र असुल भएको ठोरी नगरपालिकाको एक कर्मचारीले बताए। उनले भने, ‘हामीले ठोरीलाई व्यवस्थित गर्दै छौ। यसका केही ठूला होटल तथा रेष्टुरेन्टहरू निर्माणको क्रममा छन्। ठोरीको स्वर्णपुर गाउँमा होमस्टे पनि केही वर्ष देखि सञ्चालनमा आएकोले पर्सा राष्ट्रिय निकुन्ज भ्रमण गर्न आउने तेश्रो मुलुकका (भारत बाहेकका) पर्यटकहरूको संख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ।’
Breaking News
- गैह्रीगाउँमा डोजरः ध्वस्त भए घरटहरा, हेरिरहे सुकुमबासी (तस्बिरहरू)
- गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर चल्यो (तस्वीरहरू)
- थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा
- सुकुमबासीलाई सहयोग गर्दै प्रहरी, तस्बिरमा हेर्नुहोस्
- खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
- विस्थापित सुकुमवासीलाई दुई दिन सरकारले नै खाना दिने, पहिचानपछि अस्थायी सेल्टरमा पुन:स्थापना
- आमाको माया …
- रंगशालामा स्क्रिनिङ गरेपछि यी ठाउँमा राखिनेछन् सुकुम्बासीलाई

