काठमाडौं । कतारमा मङ्सिर ४ गते देखि हुने विश्वकपका नेपाली दर्शकले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ ।
विश्वकप हेर्नका लागि अतिरिक्त शुल्क लिन नपाउने भन्दै सर्वोच्च अदालतमा परेको रिट माथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नमिल्ने निर्णय सुनाएपछि शुल्क उठाउने बाटो खुलेको हो ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाश ढुङ्गाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यस अघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो ।
यस अगाडि रिट माथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतले अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।
बुधबार न्यायाधीस ढुंगाना र शर्माको निर्णयमा अन्तरिम आदेश जारी गर्न मिलेन भनिएपनि मिडिया हब र हिमाललय टेलिभिजनको सम्झौतामा कम्तिमा चारवटा खेल निशुल्क प्रसारित गर्नु पर्ने उल्लेख छ ।


