आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म भएको थियो।
आइतबार राति पौने आठ बजे आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको बताएका हुन् । सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थपघट हुनसक्ने उनले बताए । अपेक्षितभन्दा कम मत खसेको थपलियाको भनाइ छ ।
सुर्खेत, नवलपरासी, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए । मतदान स्थगित भएका ठाउँमा दुई दिनभित्र मतदान हुने थपलियाले जानकारी दिए ।

