काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरले विजयी भएका छन्।
थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन्। थापाले २१२९३ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८३७ मत ल्याएका थिए। औपचारिक रूपमा मतपरिणाम घोषणा हुन बाँकी छ।
काठमाडौं-४ मा यी दुई प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धाको इतिहास छ।
२०७४ को निर्वाचनमा पनि यी दुईबीच प्रतिस्पर्धा भएकोमा गगनले बाजी मारेका छन्। २०७० को चुनावमा पनि गगनले एमालेका उम्मेदवार निर्मल कुइँकेललाई हराएका थिए।
थापा २०६४ सालमा समानुपातिकतर्फबाट सांसद भएका थिए।

