नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट निर्वाचित भएका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीलाई २०४ मतको झिनो अन्तरले पराजित गर्दै योगेशले चुनाव जितेका हुन् ।
योगेशले २१ हजार ९४२ मत पाउँदा खेलप्रसादले २१ हजार ७३८ मत पाए ।
मतगणनामा शुरूबाटै पछाडि परेका योगेश अन्तिम चरणमा मात्र अग्रता लिएर चुनाव जित्न सफल भएका हुन् ।
योगेशले अघिल्लोपटक पनि ताप्लेजुङबाट जितेका थिए । त्यतिबेला उनलाई माओवादीको समेत समर्थन थियो

