ललितपुर क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की निर्वाचित भएका छन् । उनी फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् । तर, आधिकारिक घोषणा हुन भने बाँकी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमाले ३१ हजार १३६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार ९६३ मत पाएका छन् । उनीहरूबीचको मतान्तर १८ हजार १७३ रहेको छ ।
सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले आठ हजार ७६९ मत पाएकी छन् ।
ललितपुर क्षेत्र नम्बर ३ को मत गणना जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानभित्र रहेको जिल्ला निर्वाचन कार्यालयमा भइरहेको छ ।

