नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् ।
दाङ क्षेत्र नम्बर २ बाट पोखरेल नेकपा (माओवादी केन्द्र)की रेखा शर्मासँग १९६ मतको झिनो मतान्तरले पराजित भएका हुन् ।
शुरूबाटै पछाडि परेका पोखरेलले अन्तिम समयमा मतान्तर घटाउँदै लगे पनि चुनाव जित्न भने सकेनन् ।
रेखा दाङ २ मा गठबन्धनकी साझा उम्मेदवार हुन् । शर्माले २६ हजार ८७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६८१ मत पाए ।
अघिल्लोपटक सो क्षेत्रबाट माओवादीका तत्कालीन महासचिव कृष्णबहादुर महरा निर्वाचित भएका थिए ।
त्यतिबेला प्रदेशसभामा बसेर निर्वाचित भएका पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए ।
यसपटक महराले चुनाव नलड्ने निर्णय लिएपछि शर्माले टिकट पाएकी थिइन् । शर्मा भूतपूर्व सामान्य प्रशासन मन्त्री समेत हुन् ।

