सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ ।
मन्त्रिपरिषद्को बिहीवारको बैठकले तोयम रायलाई अर्थसचिवका रूपमा जिम्मेवारी दिने गरी सरुवा गरेको हो ।
राया यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए ।
यसैगरी अर्थमन्त्रालय अन्तर्गतकै राजस्व सचिवको जिम्मा डा. रामप्रसाद घिमिरेले पाएका छन् ।
घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।
यसअघि कृष्णहरि पुष्कर अर्थ सचिव र रामेश्वर दंगाल राजस्व सचिव थिए ।

