पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै देउवाले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
‘माननीय पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ । उहाँको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन भएको छ,’ कांग्रेस सभापति समेत रहेका देउवाले भने, ‘नवनियुक्त प्रधानमन्त्री प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु । कार्यकाल सफलताको शुभकामना पनि दिन चाहन्छु ।’
उनले प्रतिनिधिसभामा निर्वाचित भएर आएका सबै सांसदलाई बधाई दिए ।
‘प्रतिनिधिसभामा निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यलाई बधाई । ५ वर्षको कार्यकालमा देश र जनताको हितमा काम गर्न सक्नुहुनेछ भन्ने विश्वास छ,’ देउवाले भने ।

