चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेला परेको छ । अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिए ।
यस आर्थिक वर्षमा बाघ मरेको यो पहिलो हो । यस्तै बुधबार नै निकुञ्जको सौराहा क्षेत्रअन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जमा लिङ्ग पहिचान हुन नसकेको गैँडा मृत फेला परेको छ । अन्दाजी पाँच वर्षको गैँडा मृत फेला परेको तिवारीले जानकारी दिए । बाघको आक्रमणबाट गैँडा मरेको उनले जानकारी दिए । गैँडाको खाग र खुर सुरक्षित रहेको छ । यससँगै चालु आवमा प्राकृति कारणबाट आठ गैँडा मरेका छन् । यस वर्ष चोरी सिकारीबाट गैँडा मर्न पाएका छैनन् ।
Breaking News
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स

