विमान दुर्घटनामा ज्यान गुमाएका अग्रज पत्रकार त्रिभुवन पाैडेलकाे शव श्रद्धाञ्जलीका लागि पत्रकार महासंघ, कास्कीकाे प्राङ्गणमा । पत्रकार तथा शुभचिन्तकले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै ।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएको छ । पौडेल काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए । प्रेस सेन्टरको पदाधिकारी बैठकका लागि उनी काठमाडौं आएका थिए ।

