सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको सभामुखका उम्मेदवार देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाएर लैजाने आफ्नो योजना रहेको बताएका छन् ।
आफूले तटस्थ भूमिका खेल्ने उनले बताए ।
सभामुखको उम्मेदवारी दिएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै घिमिरेले प्रतिनिधि सभालाई प्रभावकारी ढंगले सञ्चालन गर्न आफू सक्षम रहने बताएका हुन् । झापा २ बाट प्रत्यक्ष निर्वाचित एमाले सांसद घिमिरेलाई सत्ता गठबन्धनले सभामुखको उम्मेदवार बनाएको हो ।
एमाले नेता सुवास नेम्वाङ प्रस्तावक रहेको घिमिरेको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गरेका छन् ।
सभामुख चयनका लागि बिहीबार प्रतिनिधि सभा बैठकमा चुनाव हुँदैछ ।
विजयी हुनुहुन्छ त भन्ने पत्रकारको प्रश्नमा घिमिरेले भने, ‘विजयी सुनिश्चितताका आधारमा यो कदम चालिएको छ। सुनिश्चित नै छु।’

