नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाका बहुमत सांसदको समर्थनमा घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले घिमिरे सभामुख निर्वाचित भएको घोषणा गरे ।
घिमिरेलाई नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तथा ३ स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।
त्यसअघि प्रतिनिधिसभा बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
स्वतन्त्र सांसद स्वागत नेपाललाई पराजित गर्दै घिमिरे झापा– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको थियो ।
बिहीवारको बैठकमा २६८ जना उपस्थित रहेकोमा १६७ जनाले घिमिरेको पक्षमा मतदान गरेका थिए ।
उनको विपक्षमा १०० र मत दिन्न भन्ने पक्षमा १ मत पर्यो ।

