राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले प्रतिनिधिसभा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।
उनको प्रस्तावमा सोविता गौतम र समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादीकी नारायणी शर्मा र राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन छन्।
रानामगरलाई सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थन छन्। उपसभामुखको निर्वाचन भोलि हुनेछ।

