प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने दाबी गरेका छन् ।
बिहीवार अपराह्न पार्टी स्थायी कमिटी बैठक सकेर केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा प्रचण्डले रास्वपाले सरकार नछाड्ने दाबी गरेका हुन् ।
रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने, ‘केही हुँदैन । फिर्ता पनि लिनुहुन्न मैले बुझेसम्म ।सरकारमा सहभागी रहने कि नरहने भन्ने विषयमा निर्णय लिन रास्वपाको बैठक बसिरहेको छ
गृह मन्त्रालय नपाएपछि रास्वपाले सरकार छाड्ने तयारी गरिरहेको छ

