राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
सामजिक सञ्जालमामार्फत लामिछानेले आज बस्ने पार्टीको बैठकले ठोस निर्णय लिने र लगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जनाएका हुन्।
उनले लेखेका छन्- ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’
पार्टीले सरकारमा सहभागी हुन प्रधानमन्त्रीलाई दुई दिने अल्टिमेटम दिएको थियो।
पार्टीको शनिबार राति बसेको आकस्मिक बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि बैठक बस्दैछ ।
सर्वोच्च अदालतले नागरिकता मुद्दामा उनलाई अनागरिक ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट उनी हट्नुपरेको थियो। तर रास्वपाले गृहमा आशक्ति देखाइरहेको छ।

