राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाइ केन्द्रविन्दुमा राखेर छिमेकी लगायत सबै मित्रराष्ट्रहरूसँगको सम्बध सुदृढ गर्दै लैजाने नीतिलाई निरन्तरता दिनुपर्ने लिइनुपर्ने बताएकी छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकीलगायत सबै मित्रराष्ट्रसँगको सम्बध सुदृढ गर्दै लैजान नै नेपालको परराष्ट्र नीतिको मूल मर्म भएको बताएकी हुन्।
‘नेपालले सदैव स्वतन्त्र र असंलग्न परराष्ट नीति अँगाल्दै आएको छ । नेपालको सावैभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सुरक्षालाई एवं राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकीलगायत सबै मित्रराष्टसँगको सम्बध सुदृढ गर्दै लैजाने हामीले नीतिलाई निरन्तरता दिइनुपर्दछ’, भण्डारीले भनिन्, ‘यही नै हाम्रो परराष्ट्र नीतिको मूल मर्म हो भन्ने मेरो बुझाइ छ।’
कार्यकालको अन्त्यतिर भण्डारीले संसदमा सम्बोधन गरेकी हुन । शुक्रबार दिउँसो संघीय संसदको दुवै सदनलाई राष्ट्रपतिले झण्डै पौने घण्टा सम्बोधन गरिन्।

