ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. भन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत उनीहरूलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिमा ताम्राकारले जानकारी दिइन्।
गएराति घरमा ग्यास सिलिन्डर पड्किँदा नेता भण्डारी र उनकी आमा गम्भीर घाइते भएका हुन्।

